थप समाचारबिहीबार, पौष ९, २०७२

राजमार्ग सरसफाई अभियान शुरु

हिमालखबर

3पूर्वपश्चिम राजमार्गको केन्द्रभाग नवलपारीबाट सरकारले राजमार्ग सरसफाई अभियान शुरु गरेको छ ।

स्थानीय विकास मन्त्रालयका सचिव माधव रेग्मीका अनुसार पहिलो चरणमा पूर्वपश्चिम राजमार्ग सरसफाई सफाई अभियानको थालनी नवलपरासीबाट गरिएको हो । राजमार्ग सरसफाई अन्तर्गत पहिलो चरणमा पूर्वपश्चिम राजमार्ग, दोस्रो चरणमा हुलाकी मार्ग र तेस्रो चरणमा मध्यपहाडी लोकमार्गको सरसफाई गरिनेछ ।

अभियानको उद्घाटन गर्दै सचिव रेग्मीले भने, “राजमार्गको रुपले देशलाई पनि चिनाउँछ, पर्यटकहरु यही बाटो भएर देश घुम्छन् ।” उनले सफा सडकको पहिचान निर्माण गर्न यो अभियान थालेको बताए ।

सरसफाई दूत सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को टोली नवलपरासीबाट पूर्वतिर र जोगिन्दरको टोली पश्चिमतिर लागेका छन् । उनीहरुलाई अञ्चल र जिल्लास्तरका निजामति कर्मचारीहरुले सहयोग गर्नेछन् ।

-विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>