थप समाचारशुक्रबार, पौष १०, २०७२
नक्कली परिक्षार्थी साधारण तारेखमा रिहा

डा सुशीलकुमार मण्डल
नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक दर्ता परीक्षामा सहभागी नक्कली परिक्षार्थी डा. सुशीलकुमार मण्डल र निरज शर्मालार्ई जिल्ला अदालत, काठमाडौंले साधारण तारेखमा रिहा गरेको छ ।
९ पुसमा थुनछेक बहस नसकिँदै जिल्ला अदालतले उनीहरुलाई साधारण तारेखमा रिहा गरेको स्वम्भू प्रहरी वृत्तका प्रहरी निरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए ।
नक्कली परिक्षार्थी दुबैलाई प्रहरीले शिक्षा ऐन अन्तर्गत कारबाही चलाएर ६ महिना कैद सजाय र ५० हजार रुपैयाँ जरिवानको माग गर्दै मुद्दा दायर गरेको छ ।
१२ मंसीरमा नेपाल मेडिकल काउन्सिलले काठमाडौंको सानो भर्याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा लिएको परीक्षामा झापाका सुशीलकुमार मण्डलले सिरहाका नविनकुमार यादव र कञ्चनपुरका निरज शर्माले रौतहटका सरोज साहको नाममा परीक्षा दिन उपस्थित भएका थिए ।
रामु सापकोटा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
