समाचारमंगलबार, पौष २८, २०७२

कार्यदल बैठकः निष्कर्ष नजिक

हिमालखबर

basnetतीन प्रमुख दल र मधेशी मोर्चाको कार्यदलबीच बसेको बैठकबाट विवादहरु साँघुरिदै गएर सहमति तर्फ अघि बढेको बैठकका सहभागी नेताले जानकारी दिएका छन् ।

आज, २८ पुसमा बसेको बैठकमा सौहार्दपूर्ण रुपमा विषयगत छलफल भएको र विवादहरु साँघुरिंदै गएको बैठकका सहभागी कार्यदलका सदस्य एवम् गृहमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए ।

पर्सी निर्णयक वार्ता हुने बताउँदै उनले थपे, “अन्य दल र अन्तरपार्टी छलफल गरेर निष्कर्षमा पुग्ने गरी फेरि पर्सी १ बजे बस्ने छौं ।”

कार्यदलका सदस्य एवम तमलोपा नेता हृदयेश त्रिपाठीले तीन दलका प्रतिनिधिहरुले एकपटक नेतृत्वसँग छलफल गरेर पर्सी फेरि बैठक बस्ने बताए । उनले भने, “आजसम्मका बैठकले धेरै कुरा न्यारो डाउन गरेको छ, पर्सीको बैठक गम्भीर हुनेछ ।”

उनले मोर्चाका तर्फबाट कुनै थप प्रस्ताव नराखिएको र अहिलेसम्म तीन दलकै तर्फबाट आएको प्रस्तावमा छलफल गरिरहेको हुँदै पर्सीको बैठक निष्कर्षमा पुग्ने सम्भावना रहेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>