समाचारबिहीबार, पौष ३०, २०७२

महोत्तरीका नाका सञ्चालनमा

हिमालखबर

विगत पाँच महिनादेखि बन्द रहेका महोत्तरीका भारतीय सीमा नाका सञ्चालनमा आएका छन् ।

जिल्लाको मूल नाका भिट्ठामोड र मटिहानीमा आन्दोलनकारी धर्ना बस्न छाडेपछि अब दुवै नाका निर्वाधरुपमा सञ्चालनमा आएका हुन् ।

शनिबार राति भिट्ठामोड सीमा नाकाबाट लाखौँ रुपैयाँको चलखेल गरी मोर्चाका नेताले एकैसाथ ६ वटा ट्रक पास गराएपछि कार्यकर्ताहरु रिसाएर सीमा नाका छाडेदेखि ती नाका सुनसान भएका छन् ।

मोर्चाका नेताले मधेशी जनता, मधेश आन्दोलन र आन्दोलनकारीको भावनासँग खेलवाड गरेको भन्दै कार्यकर्ताहरु नाकामा बस्न छाडेका छन् भने अब ती दुवै नाकाबाट निर्वाधरुपमा मालसामान नेपाल भित्रिन थालेका छन् ।

एक/दुई दिन राति राति मात्रै भारतीय सामान आउने गरेकामा अहिले दिउँसै दर्जनौँ ट्र्याक्टरमा मालसामान नेपाल भित्रिन थालेका छन् ।

सयौँको सङ्ख्यामा रातदिन महोत्तरीका भिट्ठामोड, मटिहानी र सम्सीमा धर्ना बस्दै आएका आन्दोलनकारी कार्यकर्ताहरु सीमा नाकामा बस्न छाडेपछि महोत्तरीमा मधेश आन्दोलन शिथिल भएको देखिन्छ ।

जिल्लाका सबै हाट, बजार, कलकारखाना, उद्योगधन्दा, स्कुल कलेज सबै पूर्णरुपमा सञ्चालनमा आएका छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>