समाचारआइतबार, माघ २४, २०७२
काठमाडौँ कांग्रेसमा प्रधानको उम्मेदवारी
नेपाली कांग्रेस काठमाडौँका सभापति भीमसेनदास प्रधानले काठमाडौँ कांग्रेसको सभापति पदमा पुनः उम्मेदवारी दिने भएका छन् ।
प्रधानले आज पत्रकार सम्मेलन गरी भोलि २५ माघमा हुने जिल्ला अधिवेशनमा सभापतिका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
उनले नेका काठमाडौँ जिल्लाको सङ्गठनलाई सुदृढ र सशक्त बनाउन आफूले उम्मेदवार घोषणा गरेको बताए ।
“मेरो सभापतित्वकालमा संविधानसभा निर्वाचनमा काठमाडौँका १० सिटमध्ये ८ सिटमा काँग्रेसलाई जिताउन सफल भएकाले १३ औँ अधिवेशनका लागि मेरो उम्मेदवारी स्वभाविक हो,” प्रधानले भने ।
भोलि हुने जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र काठमाडौँको जिल्ला अधिवेशन नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने कांग्रेस काठमाडौँले जनाएको छ । अधिवेशनको उद्घाटन पार्टी सभापति सुशील कोइरालाले गर्नेछन् ।
कांग्रेसको भोलि हुने अधिवेशनमा एकहजार २६८ जना क्षेत्रीय प्रतिनिधिको सहभागिता रहने छ ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
