समाचारसोमबार, फाल्गुण ३, २०७२
कांग्रेस कालीकोटमा बम निर्वाचित
नेपाली कांग्रेस कालीकोट जिल्लाको छैटौँ जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा हर्षबहादुर बम निर्वाचित भएका छन् ।
आज बिहान सम्पन्न मतगणनाबाट कुल मत २७२ मध्ये बमले १४४ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी कालीबहादुर सहकारीले १२८ मत प्राप्त गरे ।
त्यस्तै जिल्ला सचिवमा नन्दबहादुर सिंह विजयी भएका छन् भने उपाध्यक्षमा मनराज शाही ।
त्यसैगरी महाधिवेशन प्रतिनिधिहरु खुल्लातर्फ मोतीराज बम, मानबहादुर रोकाय, दानबहादुर बम, हिक्मत विष्ट विजयी भए ।
महिलामा धर्मा शाही, दलितबाट कर्णवीर टमटा, जनजातिबाट भीम लामालगायत ११ जना निर्वाचित भएको जिल्ला निर्वाचन अधिकृत देवेन्द्र शर्माले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
