रमझमबुधबार, फाल्गुण २६, २०७२
हिट्स एफएम म्युजिक अवार्ड २८ फागुनमा
यसपालीको ‘हिट्स एफएम म्युजिक अवार्डस–२०७२’ फागुन २८ मा सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा हुने भएको छ ।
हिट्स नेपाल प्रा. लिले आयोजना गर्दै आएको कार्यक्रमको यो १९ औं श्रृंखला हो ।
कार्यक्रममा विभिन्न १८ वटा विधामा अवार्ड दिइनेछ । संगीत क्षेत्रमा योगदान पुर्याउने एक स्रष्टालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ र अर्का संगीत साधकलाई श्रद्धा सुमन अर्पण गरिने हिट्स नेपालका अर्जुन घिमिरे बताउँछन् ।
वि.सं २०७१ बैशाख १ देखि २०७१ चैत्र मसान्तसम्ममा हिट्स एफएममा दर्ता भएका गीत तथा गीतिसंग्रहमध्येबाट मनोनयनमा परेका कलाकारले अवार्ड जित्नेछन् ।
क्रिष्मा अविगेल, रोहित जोन क्षेत्री, शम्भुजित बाँस्कोटा, सुगम पोखरेल, श्रेया सोताङ, सिने गुरुङ विरही कार्की, विपुल क्षेत्री, दीपक जंगम, मंकि टेम्पल समूह, अञ्जु पन्त लगायत गायकगायिकाका गीत मनोनयमा परेका छन् ।
कार्यक्रममा दीप श्रेष्ठ, कुमार बस्नेत, कालीप्रसाद बास्कोटा, सक्षम समूह, तृष्णा गुरुङ, रोहित जोन क्षेत्री लगायत गायकगायिकाले प्रस्तुति दिनेछन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
