समाचारशुक्रबार, चैत्र ५, २०७२
पाँचखालमा बस दुर्घटना, दुईको मृत्यु
काभ्रेपलाञ्चोकको पाँचखाल–५ स्थित केराघारीमा भएको बस दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
घटनास्थल पुगेका धुलिखेलका प्रहरी निरीक्षक दानसिंह मडैले दोलखाबाट काठमाडौँ जाँदै गरेको बा३ख ७९३८ नंको बस तीव्र गतिमा भएका कारण अरनिको राजमार्गबाट झन्डै २५ मि तल खसेको जानकारी दिए ।
दुर्घटनामा घाइते भएका २४ जनालाई धुलिखेल अस्पताल ल्याइएको र तीमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको विस्तृत विवरण अझै आइपुगेको छैन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
