थप समाचारबुधबार, आषाढ १५, २०७३
राम्रा ६३ उमावि
विद्यार्थीको लगन र अभिभावकको जोड मात्रै उत्कृष्ट परिणामका सूचक होइनन्। विद्यालय गतिलो नभएसम्म विद्यार्थीको मिहिनेतले आशातीत प्रतिफल दिन सक्तैन। तर, कस्ता विद्यालय राम्रा? यसबारे धेरैलाई अन्योल हुन सक्छ।
एसएलसीमा प्राप्त ग्रेड र रुचि अनुसारको विद्यालय छान्न सजिलो होस् भन्ने हेतुले विगतमा जस्तै साप्ताहिक खबरपत्रिका हिमाल ले राम्रा उमाविहरुको सूची प्रकाशित गरेको छ।
हिमाल ले छनोट गरेका ‘राम्रा’ विद्यालयको एउटै आधार भनेको उच्च माध्यमिक शिक्षा परिषद्ले लिएको कक्षा १२ को नतीजा नै हो। सूचीमा कम्तीमा ३० विद्यार्थीलाई परीक्षामा सहभागी गराई पछिल्लो तीन वर्षमा लगातार ६५ प्रतिशतभन्दा बढीलाई उत्तीर्ण गराएका उमाविहरु परेका छन्।
ती उमाविहरुलाई प्राप्तांकका आधारमा नभई ‘र्याण्डम’ आधारमा प्रस्तुत गरिएको छ। पछिल्लो तीन वर्षमध्ये एक वर्ष मात्रै ६५ प्रतिशतभन्दा कम विद्यार्थी उत्तीर्ण गराएका वा १०० प्रतिशत नतीजा हासिल गरे पनि परीक्षामा २९ जनाभन्दा कम विद्यार्थी सहभागी गराएका उमावि यो सूचीमा छैनन्। उत्कृष्ट २६ मा सूचीकृत उमावि पनि ‘राम्रा’ मा दोहोर्याइएका छैनन्।
थप शिर्षकहरुः
प्लस टु शिक्षा: अवसर र अन्योल
ग्रेडिङले गडबडी
तयारी विनै लागूतयारी विनै लागूतयारी विनै लागू
उत्कृष्ट २६
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
