समाचारसोमबार, साउन १०, २०७३

राष्ट्रपतिद्वारा बाधा अड्काउ फुकाउ आदेश जारी

हिमालखबर

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि बाटो सहज बनाउन बाधा अड्काउ फुकाउ आदेश जारी गरेकी छन् ।

हिजो बसेको मन्त्रिपरिषदको बैठकले बाधा अडकाउ फुकाउका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

राष्ट्रपति कार्यालय शितल निवासले जारी गरेको सूचनामा ‘अर्को प्रधानमन्त्रीको निर्वाचन प्रारम्भ गर्न बाधा अड्काउ परेकोले नेपालको संविधानको धारा २९८ को उपधारा २ वा ३ बमोजिमको प्रक्रिया अपनाई अर्को प्रधानमन्त्रीको निर्वाचन गर्न सकिने गरी मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको धारा ३०५ बमोजिम बाधा अड्काउ फुकाउने आदेश जारी गर्नुभएको छ,’ उल्लेख छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>