थप समाचारबिहीबार, पौष ५, २०६९
चुनढुंगा उत्खनन रोक्न माग गर्दै अनसन
चुन ढुङगा उत्खननका कारण खानेपानीका मुहान सुकेको र पर्यावरणमा नकारात्मक असर पुगेको भन्दै स्थानीय बासिन्दाले गत वर्ष उत्खनन कार्य बन्द गराएका थिए । एक वर्षदेखि बन्द रहेको उत्खनन पुनः सुचारु भएपछि फेरि आन्दोलन शुरु गर्नु परेको हो ।
अर्घाखाँची सिमेन्ट प्रालीले उत्खनन क्षेत्रको भौतिक संरचना निर्माण गर्न भन्दै कंक्रिट र गिट्टी उठाउन थालेपछि उत्खनन पुनः सुचारु भएको भन्दै स्थानीय बासिन्दा ११ दिनदेखि रिले अनसनमा छन् । उद्योगले विगतमा गरेका संझौता कार्यान्वयन नगरेको उनीहरुको आरोप छ ।
अनसनले भौतिक संरचना निर्माणको काम पनि अवरुद्ध भएको छ । स्थानीय साधन स्रोतमाथि स्थानीयकै अधिकार रहने जिकिर गर्दै खाने पानीको सुनिश्चतताका साथै पर्यावरणीय र वातावरणीय सुरक्षाको ग्यारेन्टी नभएसम्म खानी सञ्चालन हुन नदिने चुन ढुंगा उत्खनन संघर्ष समितिका अध्यक्ष पदम केसीले बताए ।
तर उत्खनन् गर्ने र नगर्ने विषयमा पनि स्थानीयहरु दुई पक्षमा छन् । एकथरी जसरी पनि खानी संचालन गर्ने पÔमा लागेका छन् भने अर्काथरी उद्योगले विगतमा गरेका संझौता कार्यान्वयन नगरेर जनतालाई धोका दिएको भन्दै खानी चल्नै नदिने पÔमा छन् ।
स्थानीय बासिन्दा नै दुई भागमा विभाजित बनेपछि नरपानीमा पटक पटक झडपको अवस्था समेत बन्दै गएको छ । प्रशासनले खानी स्थलमा ठुलो सख्यामा प्रहरी परिचालन गरेको छ । प्रेमनारायण आचार्य, अर्घाखाँची
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
