थप समाचारशनिबार, पौष ७, २०६९
प्राविधिक नहुँदा बैंक लुटको अनुसन्धान प्रभावित
६पुस साँझ करिब ६ बजे तुलसीपुरमा रहेको बैंकअफ काठमाडौंको शाखाबाट २ करोडभन्दा बढी लुटिएको थियो ।
प्रहरीले राति १२ बजेसम्म सोधपुछ तथा खोजी कार्य गरे पनि लुटपाटको बारेमा कुनै तथ्य फेला परेको छैन । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक गणेशबिक्रम शाहका अनुसार बैंकले काठमाडौंबाटै कम्प्यूटरका प्राविधिक झिकाएको छ । बैंकमा लगाईएका सीसी क्यामेराहरु सबै भूइतिर फर्काएर तथा कम्यूटरको सिष्टम नै अवरोध गरेर बैंक लुटिएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक शाहका अनुसार शनिवार दिउँसोसम्म प्राविधिक आएमा घटना अनुसन्धान अघि बढ्ने छ । प्राविधिकसँगै बैंकको उच्चस्तरीय टोली पनि दाङमा आउँदैछ । यद्यपि बैंकका सुरक्षा गार्ड तथा अन्य कर्मचारीहरुसँग पनि सोधपुछ चलिरहेको उनले बताए ।
शाखाबाट २ करोड ६ लाख ३६ हजार ८ सय ४४ रुपैंयाँ लुटिएको बैंकका शाखा प्रवन्धक ऋषिकैलाश श्रेष्ठले प्रहरीलाई बताएका छन् । प्रहरीले खोजी कार्य तीव्र भएको बताएपनि अझैं कसैलाई नियन्त्रणमा लिएको छैन । देविका घर्ती मगर, दाङ्
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
