समाचारशनिबार, जेठ १३, २०६९

प्रमुख दलको बैठक निष्कर्षहीन

हिमालखबर

संविधानसभाको म्याद सकिन दुइ दिन बाँकी छँदा बसेको प्रमुख दलहरूको बैठक निष्कर्षहीन भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा १३ जेठमा बसेको एमाओवादी, नेपाली कांग्रेस, एमाले र संयुक्त मधेशी मोर्चाको बैठक विना सहमति सकिएको जानकारी कांग्रेस नेता विमलेन्द्र निधिले दिए ।

नेता निधिका अनुसार, संघीय प्रदेश निर्माणका आधार, नाम र संख्या जस्ता विषयमा दलहरू आ-आफ्नै अडानमा रहेपछि सहमति कायम हुन सकेन । सहमति हुन नसकेपछि दलहरू पुनः द्विपक्षीय, त्रिपक्षीय छलफलमा फर्केका छन् ।

यसैवीच आज बोलाइएको संविधानसभा र व्यवस्थापिका संसद्को बैठक भोलिका लागि सारिएको हो । १४ जेठ बिहान ११ बजे संविधानसभा र साढे ११ बजे व्यवस्थापिका संसद्को बैठक बोलाइएको जानकारी संसद् सचिवालयका सहप्रवक्ता सुदर्शन कुइंकेलले दिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>