समाचारशुक्रबार, जेठ १९, २०६९

नयाँ पार्टी गठनको प्रक्रिया सुरु भएको छ–वैद्य

सन्त गाहा मगर

ललितपुरको कुपण्डोल स्थित नेवा राज्य समितिको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ‘छुट्टै पार्टी बनाउन लागेको हो ?’ भन्ने पत्रकारहरुको प्रश्नमा उनले प्रक्रिया अघि बढिसकेको जानकारी दिएका हुन् ।

सो पत्रकार सम्मेलनमा संविधान नबन्नु र संविधानसभा विघटन हुनुमा पार्टी नेतृत्व जिम्मेवार रहेको ठहर गरेको छ । अहिलेको सरकारले सहमति कायम गरेर निर्वाचन गर्न नसक्ने भएकाले अर्को सहमतिको राष्ट्रिय सरकार तत्काल बनाउनु पर्ने उनको भनाइ थियो ।

बैद्य समूहले भावी कार्यक्रमका लागि १ असारमा राष्ट्रिय भेला गरी अघि बढने निर्णय गरेको छ । एमाओवादीका महासचिव राबहादुर थापाले सो कार्यक्रममा पिछडिएका समुदायको अधिकारका लागि आवश्यक परे फेरि बन्दुक उठाउन सक्ने चेतावनी दिएका थिए ।

यसैबीच, एमाओवादी संस्थापन पक्षको १९ जेठमै बसेको बैठकले १ असारमा देशव्यापी आमसभा गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>