समाचारबिहीबार, जेठ १६, २०७०
एमाओवादी चुनाब बिथोल्दैछः नेपाल
१६ जेठमा प्रेस चौतारी कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले थ्रेसहोल्ड, संविधान सभामा ४९१ सदस्य संख्या र आपराधिक गतिविधिमा सम्लग्नलाई चुनावमा उम्मेदवार नबनाउने पहिलेको सहमतिबाट पछि नहट्ने बताए ।
“एमाओवादीले सहमतिलाई उल्ट्याउन खोजेको छ,” उनले भने, “सहमति भएको विषयमा विवाद गरेर चुनावी वातावरण विथोल्ने षड्यन्त्रमा लागेको छ ।
“असन्तुष्ट पक्षलाई समेट्नको लागि मन्त्री परिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायधीशबाट राजीनामा दिँदा केही फरक पर्दैन” नेपालले भने “दुबै पदबाट हटाउँछन् कि भन्ने शंका रेग्मीले गर्नुपर्दैन, उहाँको(रेग्मीको) आफ्नै कमजोरी भए मात्र हो, नत्र कसैले हटाउन सक्दैन ।”
असन्तुष्ट पक्षलाई निर्वाचनमा सहभागी गराउन सरकार लचिलो हुनुपर्नेमा पनि नेता नेपालले जोड दिए । “चुनावको विकल्प छैन,” उनले भने, “मंसीर ५ भित्र चुनाव गराउनैपर्छ, अव सबै दलको मुख्य एजेण्डा चुनाव नै बन्नुपर्दछ ।”
माधव बराल/पोखरा
