थप समाचारमंगलबार, आषाढ ११, २०७०

तीनसय छहत्तर एफएम नियमित प्रसारणमा

हिमालखबर

सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव सुशीलकुमार ओझाका अनुसार देशमा हाल ३७६ एफएम रेडियो नियमित प्रसारणमा रहेका छन् ।

यसैगरी सरकारले जेठ मसान्तसम्म ४९ टेलिभिजनलाई प्रसारणका लागि इजाजतपत्र प्रदान गरेको छ भने यो आर्थिक वर्षमा कथानक १६ र विज्ञापन १२ गरी २८ वटा चलचित्रलाई जाँच पासको अनुमतिपत्र प्रदान गरेको छ ।

वरिष्ठ चलचित्रकर्मी यादव खरेलको संयोजकत्वमा राष्ट्रिय चलचित्र नीति मस्यौदा समिति गठन भएकामा सो समितिले अहिले चलचित्रको मस्यौदा तयार गर्ने कार्य प्रारम्भ गरिसकेको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>