समाचारशनिबार, आषाढ २, २०६९
दाहाल र कोइरालाबीच भेटवार्ता
कोइराला निवास महाराजगञ्जमा २ असारमा भएको छलफलमा दुवै नेताहरूले सहमतिको विकल्प नभएकोमा जोड दिँदै अबको राजनीतिक निकासका लागि सहमतिबाटै अघि बढ्नुपर्ने बताए । छलफलपछि पत्रकारसँग कुरा गर्दै एमाओवादी अध्यक्ष दाहालले संविधान निर्माण होस् या सरकार गठन, जुनसुकै विषयमा पनि सहमति गरेर जानेपर्ने बताए । अध्यक्ष दाहालले अब आ-आफ्नै पार्टीमा अन्तर छलफल गरेर पुनः वार्तामा बस्ने उल्लेख गर्दै आजको वार्ता सौहार्दपूर्ण वातावरणमा भएको बताए ।
सभापति कोइरालाले विगतमा भएको पाँचबुँदे सहमतिको भावनाअनुसार अघि नबढ्दा अहिले राजनीतिक सङ्कट आएको बताए । ‘दलहरूबीच पछिल्लो पटक भएको पाँचबुँदे सहमति कार्यान्वयन गरेर अहिलेको राजनीतिक सङ्कटको मार्ग प्रशस्त गर्नुपर्छ’ कोइरालाले भने ।
नेपाली कांग्रेसले जहिले पनि एकता, मेलमिलाप र सहमतिमा जोड दिँदैआएको उल्लेख गर्दै उनले पाँचबुँदे सहमति कार्यान्वयन नहुँदा दलहरूबीच विश्वासको सङ्कट बढेको र त्यसको जिम्मेवार माओवादी भएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
