समाचारबिहीबार, आषाढ १४, २०६९
सेनाका विभिन्न पदमा बढुवा
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले नेपाली सेनामा रिक्त प्राड-उपरथी पदमा प्राड-सहायक रथी निरेन्द्रप्रसाद अर्याललाई पदोन्नति गरी पदस्थापना गरेको छ । साधारणतर्फ सहायक रथीमा महासेनानी रामकृष्ण अधिकारी र हिमालयविक्रम खत्रीलाई बढुवा गरी पदस्थापना गरेको छ । बैठकपछि सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले तीन सहायक रथी, १० महासेनानीको सरुवा र तीन प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गरेको पनि जानकारी दिए ।
यसैगरी बैठकले महासेनानी उमेशकुमार भट्टर्राईको राजीनामा स्वीकृत गरेको छ । बैठकले महिला तथा बालबालिकाका लागि सेवा केन्द्रहरूको स्थापना र विद्यालय क्षेत्र सुधार परियोजनालाई कार्यान्वयन गर्ने सिलसिलामा एसियाली विकास बैंकको क्रमशः रु. एक करोड ७१ लाख र रु ३२ करोड ७१ लाख अतिरिक्त अनुदान सहायता स्वीकार गरी सोसम्बन्धी भएको सम्झौताको अनुमोदन गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
