अर्थ/बजारमंगलबार, कार्तिक १२, २०७०

आकासियो भान्साको मुल्य

हिमालखबर


चाडबाडका बेलामा झन बढी खपत हुने तरकारीको मुल्य थेग्नै गाह्रो हुने गरी अचाक्ली बढेको छ ।

दैनिक भान्सामा नभइ नहुने आलु र प्याज लगाएतका तरकारीको मुल्य आम नेपालीले धान्न नसक्ने गरी बढेको हो । एक साताअघि रु.३७ प्रतिकिलो रहेको गोलभेडाको मुल्य अहिले ५५ नाघेको छ । बन्दा, काउली, मुला, भन्टा, बोडी, हरियो फर्सी, तीते करेला लगायतका नेपाली भान्सामा बढीजसो खपत हुने तरकारीको मुल्य पनि त्यसै गरी बढेको छ (हे.सँगैको चार्ट) ।

तरकारीको आकासिंदो मूल्यले उपभोक्ता निराश छन् । यो वर्ष भारत र नेपाल दुवै ठाँउमा उत्पादन कम भएपछि तरकारीको मूल्य निरन्तर उकाले लागेको व्यवसायीहरू बताउँछन् । नेपाल आलुमा ६० प्रतिशत र प्याजमा ९० प्रतिशत भारतमाथि निर्भर छ ।

तरकारीको बजार मुल्य आकासिए पनि किसानले भने सहि मुल्य पाउन नसकेको र यसको सबै फाइदा बिचौलियाहरुले लिएको किसानको गुनासो छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>