खेलकुदशुक्रबार, मंसिर १४, २०७०
नेपाल विश्वकप छनोटको सेमिफाइनल खेल्दै
नेपाल आईसीसी ट्वान्टी– २० विश्वकप छनोटको सेमिफाइनलमा अफगानिस्तानसँग भिड्दैछ । अबुधावीको शेख जायेद स्टेडियममा १४ मंसीर दिउँसो पौन चार बजे खेल हुँदैछ ।
समूह चरणमा व्यहोरेको हारको बदला लिने दाउकासाथ नेपाल सेमिफाइनलमा उत्रिदैछ । समूह चरणमा नेपाललाई ९ विकेटले हराएर समूह विजेता बन्दै अफगानिस्तानले विश्वकपमा स्थान बनाएको थियो ।
युएईमा चलिरहेको आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेट छनौटमा हङकङलाई १२ मंसीरमा ५ विकेटले हराउँदै नेपाल ट्वान्टी–२० विश्वकप क्रिकेटमा छनौट भएको हो । बंगलादेशमा आगामी १६ मार्च देखि ६ अप्रिलसम्म ट्वान्टी–२० विश्वकप क्रिकेट हुँदैछ ।
विश्वकप छनोटमा नेपाल र अफगानिस्तान तेस्रो पटक आमने सामने हुन लागेका हुन् । तर ती सबै भेटमा अफगानिस्तान विजयी भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
