अर्थ/बजारबिहीबार, पौष १८, २०७०
डिग्री पास गरेका १८ हजार कृषि पेशामा
पछिल्लो कृषि गणना अनुसार स्नातकोत्तर तह उत्तिण गर्ने कृषकमध्ये पुरुषको संख्या १७ हजार ४१४ र महिलाको संख्या ९४६ छ । केन्द्रीय तथ्यांक विभागले ९ पुसमा छैंटौं राष्ट्रिय कृषि गणना २०६८ सार्वजनिक गरेको हो ।
देशभरका ३८ लाख ३१ हजार ९३ कृषकमध्ये पीएचडी वा कुनै एक विषयमा विशिष्टता प्राप्त गर्नेको संख्या २ हजार ७५१ छ । त्यसमध्ये पुरुष २ हजार ५०२ र महिला २४९ छन् ।
स्नातक उत्तिर्ण गर्ने कृषकको संख्या भने ४१ हजार ११२ छ । स्नातक उत्तिर्ण गर्नेमध्ये पुरुष ३८ हजार ८३५ र महिला २ हजार २७७ रहेको तथ्यांक विभागका निर्देशक अम्बिका बस्यालले जानकारी दिए ।
एक लाख ६ हजार ८९६ नेपाली कृषकले भने प्रमाणपत्र तह तथा १२ कक्षा उत्तिर्ण छन् । तीमध्ये पुरुषको संख्या ९६ हजार ६५४ र महिलाको संख्या १० हजार २४२ छ ।
एसएलसी उत्तिर्ण गर्ने कृषक १ लाख ९२ हजार ६१० रहेको विभागले जनाएको छ । एसएलसी गर्नेमध्ये पुरुष कृषकको संख्या १ लाख ७१ हजार २७५ छ भने महिलाको संख्या २१ हजार ३३५ छ ।
विभागका अनुसार पाँच कक्षासम्म पढ्ने कृषक ४ लाख ९३ हजार २४७ र कक्षा ६ देखि १० सम्म पढ्नेको संख्या ६ लाख ९६ हजार ५२४ छ ।
तर, अक्षर नचिन्ने कृषकको संख्या १३ लाख ६ हजार ९६ छ । नेपाली कृषकमध्ये ९ लाख ७३ हजार ४९९ जना भने साक्षर भएको तथ्यांकले देखाएको छ ।
विभागले ३१ लाख ४ हजार ३३८ जना पुरुष र ७ लाख २६ हजार ७५५ महिला गरी ३८ लाख ३१ हजार ९३ जना कृषक रहेको तथ्यांक सार्वजनिक गरिसकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
