समाचारमंगलबार, भाद्र ५, २०६९

बैंगलोरमा नेपाली सुरक्षित रहेको परराष्ट्र प्रवक्ताको भनाई

रासस

भारतका विभिन्न सहरमा नेपालीमाथि आक्रमण भएको कुनै सूचना नआएको भन्दै मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापाले नयाँदिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरुसँग निकट सम्पर्कमा रहेर पछिल्ला घटनाक्रम एवम् वस्तुस्थितिबारे निरन्तर जानकारी लिइरहेको बताए । उत्तरपूर्वी भारतका नागरिकलाई लक्षित गरेर केही घटना भएका बताउँदै उनले हुलहुज्जतबाट टाढा रहन र सतर्कता अपनाउन नेपाली विद्यार्थीलगायत सबैलाई आग्रह गरे ।

समूहमा हिँड्न र साथमा परिचयपत्र अनिवार्यरुपमा राख्न विद्यार्थीलगायत सबै नेपालीलाई सुझाव दिँदै थापाले नेपालीहरुको सुरक्षाका लागि भारत सरकारसँग अनुरोध समेत गरिएको बताए । उत्तरपूर्वी आसाममा केही महिनाअघि भएको जातीय िहंसाको प्रतिशोध उत्तरपूर्वी भारतीय राज्यका नागरिकसँग लिने हल्ला चलेपछि नेपाली नागरिकमा पनि आक्रमणको त्रास बढेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>