समाचारबुधबार, भाद्र ६, २०६९
सिटी सेन्टरको आगलागी नियन्त्रणमा
कमलपोखरीस्थित व्यापारिक भवन सिटी सेन्टरमा ६ भदौ मध्यान्ह १:३० बजे लागेको आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार सेन्टरको भुइँतलामा विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।
आगलागी नियन्त्रणका लागि ६ वटा दमकल प्रयोग गरिएको थियो । आगलागीबाट मानवीय क्षति भने हुन पाएन ।
प्रहरी, सशस्त्र प्रहरी र बारुणयन्त्रका कर्मचारीसहितको टोलीले सो आगो नियन्त्रण गरेका थिए । सिटी सेन्टरका कर्मचारीहरुका अनुसार बेसमेण्टमा रहेको जेनेरेटरबो विद्युत सर्ट भएर सो आगलागी भएको हुनसक्छ । आगो पुर्ण नियन्त्रणमा आएपनि धुवाँले पुरै सिटी सेण्टर प्रभावित भएको छ ।
