समाचारशुक्रबार, भाद्र ८, २०६९
एमाओवादीले महाविपत्ति ल्याउन खोज्दैछः गौतम
प्रेस चौतारी नेपाल चितवन शाखाले ८ भदौमा भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता गौतमले एमाओवादीको सत्ताकब्जा गरेर महाविपत्ति ल्याउने रणनीति भएकाले सहमति हुन नसकेको बताए । उनले राष्ट्रपतिको कदम वा जनताको बलले वर्तमान सरकार ढाल्नुको विकल्प नभएको उल्लेख गरे ।
नेता गौतम अखिल नेपाल किसान महासङ्घका कार्यक्रममा सहभागी हुन चितवन पुगेका हुन् ।रासस
