समाचारआइतबार, भाद्र १०, २०६९
राष्ट्रपतिको भूमिका महत्वपूर्ण हुन्छः पोखरेल
१० भदौ बिहान प्रेस चौतारी प्युठानले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सचिव पोखरेलले सरकारमा रहने र सडकबाट विचारको प्रतिवाद गर्ने कुरा कदापि स्वीकार्य नहुने बताएका हुन । ढलिसकेको सरकारको राजीनामा प्राथमिकता नभएको भन्दै सचिव पोखरेलले दलबीचको संवाद, संवैधानिक निकास र सहमति प्राथमिकता भएकोमा जोड दिए ।
मुलुकको अन्तिम समाधानको दायित्व अब राष्ट्रपतिको हातमा रहेको भन्दै उनले राष्ट्रपतिले नै राजनीतिक गतिरोधको समाधान दिनका लागि भूमिका खेल्नुपर्ने उल्लेख गरे । एमाओवादीले जातीय राज्य लाद्न खोज्दा संविधानसभाले संविधान दिन नसकेको पोखरेलको जिकिर छ ।
