रमझमशुक्रबार, भाद्र २२, २०६९
कमेडी सिरियलमा ‘हट’ शुष्मा
यसअघि उनले हाँस्य सिरियल तितोसत्यमा पनि अभिनय गरेकी थिइन् । सिस्नुपानीमा भने उनी नियमित अभिनय गर्ने निर्माण पक्षले जनाएको छ । अर्जुन घिमिरे र कुमार कट्टेलले निर्देशन थालेलगत्तै उनलाई यो श्रृंखलामा अभिनय गराइएको हो । नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको यो हाँस्य सिरियलमा शुष्मा आधुनिक युवतीको भूमिकामा छिन् । शुष्मा निर्देशक कुमार कट्टेलको गर्लफ्रेण्ड बनेकी छन् । शुष्माको अभिनयले दर्शकलाई मजासँग हँसाउने कुमारले बताए ।
सिरियलको निर्देशनसगै लेखन पनि निर्देशकद्वयकै रहेको छ । जिग्री र पाँंडे नामका नयाँ चरित्रमा देखिएका छन् कट्टेल र घिमिरे । सिस्नुपानीमा अर्जुन, कुमार, शुष्माका अलावा ज्योति काफ्ले, शुभाष गजुरेल, सुरवीर पण्डित, विधा कार्की, लक्ष्मणविक्रम बस्नेत, वासु पोखरेल, हरिष भट्ट, यामबहादुर थापा, शर्मिला शर्मा, सिवी बुढाथोकी, नरेन्द्र खड्काथोकी, विमला गिरी, सोना शर्मा, उत्तम अर्याल (कोदे) लगायतका कलाकारको अभिनय रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
