समाचारआइतबार, जेठ २५, २०७१
‘बाबुराम अलग्गै पार्टी बनाउन सक्रिय’
एमाओवादी स्थायी समितिको २४ जेठमा पार्टी मुख्यालयमा बसेको बैठकले नेता बाबुराम भट्टराईले बेग्लै पार्टी बनाउन गृह कार्यमा लागेको निष्कर्ष निकाल्दै यसबारे थप अनुसन्धान गर्ने निर्णय गरेको छ।
स्रोतका अनुसार बैठकमा भट्टराई निकट नेता गंगा श्रेष्ठ, प्रभु साह र हेमराज भण्डारीले समानान्तर संगठनका लागि कार्यविभाजनको सूची तयार गरेको जानकारी अध्यक्ष पुष्पकमल दाहालले नै गराएको र स्थायी समितिले श्रेष्ठ, साह र भण्डारीलाई बोलाएर सोधपुछ गर्ने निष्कर्ष निकालेको अन्नपूर्ण दैनिकमा रेवती सापकोटाले लेखेका छन्।
‘हस्तलिखित सूची हुनाले पुष्टि गर्न गाह्रो भएन’, एक स्थायी समिति सदस्यले भने, ‘पार्टी विभाजन गर्ने पूर्ण तयारीका रूपमा हामीले बुझेका छौं।’ बैठकमा भट्टराईले पार्टी
एक स्थायी समिति सदस्यले भने, ‘आफ्नै निर्देशनमा कार्यविभाजन गर्न लगाउने अनि त्यसको जिम्मेवारी लिनु त कता हो कता उल्टै हास्यास्पद तर्क गर्ने? बाबुरामजीको नैतिकता हराएछ।’
कार्यविभाजनको सूचीबारे दाहाल र भट्टराईबीच शुक्रबार चर्को बहस भएको थियो। दुई नेताको छलफलपछि भट्टराईले बेग्लै कार्यविभाजन गरेको भन्ने कुरा असत्य रहेको भन्दै प्रवक्ता दिनानाथ शर्माले खण्डन गरेका थिए।
‘बाबुराजीको कार्यविभाजनका विषय स्थायी समितिमा विशेष ध्यानाक र्षण भयो। यस विषयमा हामी गम्भीर छौं। यसलाई हामीले सामान्य रूपमा लिएका छैनौं’, स्थायी समितिका सदस्य लोकेन्द्र बिष्टमगरले भने।
स्थायी समितिले राष्ट्रिय सम्मेलनले अगाडि सारेको विधान र राजनीतिक प्रतिवेदन पारित गरेको छ।
