रमझमबुधबार, भाद्र २५, २०७१
न्युयोर्कमा घन्किए खड्ग गर्बुजा
गायक खड्ग गर्बुजाले न्युयोर्कको कुइन्स प्यालेसमा आयोजित ‘खड्का गर्बुजा सांगीतिक साँझ’ मा दर्शक स्रोताहरुलाई मज्जाले नचाए ।
१७ बर्षको उमेरमा भीरबाट लडेर दुवै खुट्टा नचल्ने भएका गर्बुजाले गीतबाटै आफ्नो जीवन कहानी पनि सुनाए । जीवन बाँच्ने कला सिकाए ।
आफूलाई गायनतिर रहरले भन्द पनि नियतिले पुर्याएको भन्दै गर्बुजाले थपे, “लक्का जवान हुँदा देखि नै व्हिलचेयरमा जिन्दगी बिताउँदै छु । ”
मगर संघ अमेरिकाले गत आइतबार ‘खड्का गर्बुजा सांगीतिक साँझ’ को आयोजना गरेको थियो ।
उनलाई लोकदोहोरी गायिका संगीता थापा मगरले केही गीतमा साथ दिएकी थिइन् ।
वि सं २०२६ सालमा म्याग्दी जिल्लाको मराङमा जन्मेका खड्ग गर्बुजा शुरुमा बेनी बजार आएर बटुवालाई गीत सुनाउँथे ।
त्यहाँ केही पैसा जम्मा भएर राजधानी पसेका उनले थुप्रै हण्डर खाँदै संगीतमा डिप्लोमा गरे ।
हाल रेडियो नेपालका संगीत शाखाका जागिरे गर्बुजाका ३३ वटा एकल गीतिसंग्रह बजारमा आइसकेका छन् भने उनका दुई हजारभन्दा बढी गीतहरु रेकर्ड भएका छन् ।
उक्त कार्यक्रममा गायक जगदिश समाल, सुमन बुढामगर, राजेश थापामगर लगायतले सांगीतिक प्रस्तुती दिएका थिए ।
कार्यक्रमको औपचारिक सत्रमा मगर संघ अमेरिकाका भलिबल खेलाडीहरुलाई बिशेष सम्मान गरिएको थियो
यसअघि पनि क्यालिफोर्निया र बाल्टिमोरमा संघले ूखड्का गर्बुजा सांगीतिक साँझूको सफल आयोजना गरेको थियो ।
ङिमा पाख्रिन, अमेरिकाबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
