समाचारबुधबार, कार्तिक ५, २०७१

पर्यटन बोर्डका प्रमुख निरौलालाई निलम्बन गर्न निर्देशन

हिमालखबर

सार्वजनिक लेखा समितिले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत सुवास निरौला करोडौंको अनियमितामा संलग्न देखिएको ठहर गर्दै निलम्बन गर्न पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ ।

लेखा समितिको ५ कात्तिकको बैठकले निरौलालाई निलम्बन गर्न पर्यटन मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले अनियमितताबारे छानबिन गर्न गठित समिति र महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेखित बेरुजुलाई समेत आधार बनाइ थप अनुसन्धान तथा कारवाही गर्न सम्बद्ध निकायलाई निर्देशन दिएको छ ।

निरौलाले गरेको भ्रष्टाचारको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सम्पत्ति शुद्धिकरण बिभागलाई समेत पत्राचार गर्ने समितिले निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>