समाचारबिहीबार, कार्तिक ६, २०७१
रौतहटमा वनरक्षक र तस्करबीच गोली हानाहान
रौतहटको रामलाल वृन्दावन साझेदारी वन क्षेत्रमा हतियारधारी तस्कर र वनरक्षकबीच ५ कात्तिक राति गोली हानाहान भएको छ ।
व्यापकमात्रामा वन फडाँनी भइरहेको रौतहटमा तस्करहरुले सालको रुख ढालेको खबर पाएपछि फरेस्टर विमल चौधरीको नेतृत्वमा गएको टोलीलाई तस्करहरुले फायर गरेका थिए भने वनरक्षकहरुले जवाफी फायर गरेका थिए ।
दुवैतर्फबाट आधा घन्टाभन्दा बढी समय गोली हानाहान भए पनि कुनै हताहति भएन ।
तस्करहरुले २० राउन्ड र वनरक्षकले २१ राउन्ड फायरिङ गरेको फरेस्टर चौधरीले जानकारी दिए ।
बनरक्षकहरुले दुईवटा टायरगाडामालोड गरिएको काठ वरामद गरेका छन् ।
सञ्जय साह, रौतहट
