समाचारशनिबार, मंसिर २७, २०७१
विदेशी शक्तिले पार्टी फुटायोः रामबहादुर थापा
दोलखामा २७ असारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले विदेशी शक्तिले आफूले चाहेजस्तो संविधान बनाउनका लागि पार्टी फुटाएको बताएका छन् ।
उनले नेत्रबिक्रम चन्दले पार्टी विभाजन गरेको अस्वभाविक र अनौठो रहेको प्रतिक्रिया दिंदैे विभाजन बैचारिक र राजनीतिीक नभएको आरोप लगाए ।
थापाले सत्तासाझेदार दलहरुको आपसी कलहकै कारण ८ माघमा संविधान जारी हुने अवस्था नरहेको दाबी गरे ।
उनले सत्तासाझेदार दलहरु संविधानको लागि नभई सत्ताका झगडा गरेको पनि आरोप लगाए । उनले भने, “ ८ माघमा संविधान हैन नयाँ सरकार चाहिँ बन्न सक्छ ।”
एमाओवादीसँग एकताका लागि प्रयास भइरहेको पनि खुलासा गरे । उनले भने, “हामीले एमाओवादीसँग एकताको लागि ६ बुँदे प्रस्ताव राखेका छांै, त्यसमा पाँच बुँदामा सहमति भै सकेको छ तर एउटा बुँदामा भने अझै सहमति हुन सकेको छैन ।”
थापाले अहिलेको राजनीतिक निकास बृहत राजनीतिक सभामात्र रहेको बताएका थिए ।
सर्मिला बुढाथोकी/दोलखा
