समाचारआइतबार, पौष २०, २०७१

मस्यौदा सभाध्यक्षले होइन समितिले बनाउने होः सभापति सिटौला

हिमालखबर

sitaulaसंविधानसभा अन्तर्गतको संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले संविधानको मस्यौदा बनाउने काम सभाध्यक्षको नभई आफ्नो समितिको भएको बताएका छन् ।

केही दिनअघि संविधानसभा अध्यक्ष सुवास नेम्वाङले संविधानसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा संविधानको मस्यौदा बनाउन राजनीतिक दलहरुलाई अप्ठ्यारो भएको हो भने सो जिम्मेवारी आफूलाई दिन गरेको आग्रहका सन्दर्भमा सभापति सिटौलाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

सिंहदरबारमा २० पुसमा भएको समितिको बैठकमा सभापति सिटौलाले कार्यव्यवस्था समितिको बैठकमा सभामुख नेम्वाङले राखेको सुझावका सम्बन्धमा जानकारी गराउनुका साथै आफ्नो समितिलाई केही काम नदिने अनि जिम्मेवारी खोसेर निलम्बन गर्ने कुरा कहाँबाट आयो भन्दै आश्चर्य व्यक्त गरेका थिए ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति सिटौलाले संविधानसभाले हालसम्म मस्यौदा समितिलाई मस्यौदा बनाउन प्रस्ताव नपठाएको तर अध्यक्ष नेम्वाङको प्रस्तावले भने समिति निलम्बनको अवस्थामा पुगेकामा सभासद्हरुले चिन्ता व्यक्त गरेको बताए ।

संविधानसभाअन्तर्गतको निक्र्योल समितिले दिएको जिम्मेवारी आफ्नो समितिले पाँचवटा उपसमिति बनाएर सम्पन्न गरिसकेको जानकारी गराउँदै सिटौलाले भने, “संविधानका मुख्य विवादित विषयमा सहमति हुन नसक्दा अन्य विषयमा पनि ठोस निष्कर्षमा पुग्न सकिएको छैन ।”

दलहरु असक्षम भएकाले सभाध्यक्षको उक्त प्रस्ताव आएको हो कि भन्ने सञ्चारकर्मीको जिज्ञासामा सभापति सिटौलाले सभामुखले कहीँकतै दलहरु असक्षम बनेको नबताएको भन्दै नेपालमा दलहरु असक्षम भए हालसम्मका सबै परिवर्तन संस्थागत नहुने दाबी गरे ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>