समाचारबिहीबार, पौष २४, २०७१
ओली र भारतीय राजदूतबीच ८ माघमा संविधान जारी गर्ने बारे छलफल

एमाले अध्यक्ष अाेली र भारतीय राजदूत रे अाेली निवास वालकाेटमा । तस्वीर: अानन्दराम डंगाेल
नेकपा एमालेका अध्यक्ष केपी ओली र भारतीय राजदूत रञ्जित रे बीच बालकोटस्थित ओली निवासमा वार्ता भएको छ । भेटवार्ता पौने दुई घन्टा चलेको थियो ।
अपराह्न ४ बजे ओली निवास पुगेका भारतीय राजदूत भेटवार्ता सकेर राजदूत रे साँझ ५:४५ मा बाहिरिएको ओलीका स्वकीय सचिव रमेश आचार्यले जानकारी दिए ।
दुवैबीच नेपालको वर्तमान राजनीतिक जटिलता, ८ माघमा संविधान जारी गर्ने र दलहरुबीचको सहमतिका विषयमा पनि छलफल भएको आचार्यले बताए ।
भारतीय राजदूत रे ८ माघमै संविधान जारी गर्नुपर्ने पक्षमा रहेको बताइएको छ ।
अध्यक्ष ओली र मधेशी मोर्चाबीच सम्बन्ध बिग्रिएको बेलामा भएको राजदूत रेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
वार्तामा भारतीय राजदूत रेले संविधान निर्माण र सहमतिका लागि भएका प्रयासका बारेमा जिज्ञासा राखेका थिए ।
वार्तामा सकेसम्म सहमतिबाटै संविधान जारी गर्ने, सहमति नभएमा प्रक्रियाबाट संविधान जारी गर्नेबारेमा समेत कुराकानी भएको थियो ।
रासस
