समाचारशुक्रबार, पौष २५, २०७१

मुलुक बचाउनुस्ः प्रधानमन्त्री कोइराला

हिमालखबर

koiralaप्रधानमन्त्री सुशील कोइरालाले मुलुकलाई बरवाद हुन अवस्थाबाट बचाउन कर्मचारीहरुसँग आग्रह गरेका छन् ।

बालुवाटारमा २५ पुस विहान सार्वजनिक खरिद अनुगमन कार्यालयको वार्षिक प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कोइरालाले भने, “मुलुक बरवाद हुन नदिनुस्, बचाउनुहोस् । अनियमितता देखिए कारबाही गर्नुस् । मिलेर खाने अवस्था सिर्जना हुन नदिनुहोस् ।”

उनले आफूले सरकारको नेतृत्व सम्हालेको दिनदेखि सुशासन भन्दै आए पनि भ्रष्टाचार झन बढेको भन्दै चिन्ता व्यक्त गरे । कर्मचारीको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाएका कोइरालाले कतिपय अवस्थामा कर्मचारीहरु नै भ्रष्टाचारमा संलग्न भएको भन्दै विगतका कुराबाट मुक्त भएर नयाँ अध्याय शुरु गर्न आग्रह गरे ।

प्रधानमन्त्रीले भने, “कर्मचारी असल पनि हुनुहुन्छ तर भ्रष्टहरु नै पुरस्कृत भएका गुनासो आउँछन् ।”

प्रधानमन्त्री कोइरालाले कर्मचारीलाई पार्टी–पार्टीमा विभक्त भएर काम गर्ने अवस्थाको अन्त गर्नुपर्ने आवश्यकता पनि औंल्याए । उनले भने, “यसलाई बढी व्यावसायिक बनाउनु पर्‍यो ।”

कर्मचारीलाई व्यक्तिगत चाकडीमा नलाग्न भन्दै उनले थपे, “हामीले पाएको दुःख भावी सन्ततिले नपाउन् ।”

उनले अझै पनि खरिद ऐनका प्रावधानलाई तोडमोड गर्ने काममा परामर्शदाताहरुको भूमिका सन्देहास्पद देखिएको बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>