समाचारशनिबार, पौष २६, २०७१

८ माघमै संविधान जारी गर: साना दल

हिमालखबर

प्रधानमन्त्री सुशील कोइरालाले भावी संविधानका विवादित अन्तरवस्तुमा सहमतिका लागि सत्तासाझेदार एवम् संविधानसभाका साना दलहरुसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा २६ पुसमा भएको छलफलमा संविधानका मुख्य विवादित अन्तरवस्तु राज्यको पुनःसंरचना, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणालीका बारेमा टुङ्गोमा पुग्न कुराकानी भएको थियो ।

एमाओवादी नेतृत्वमा रहेको मोर्चाले ती विषयमा प्रस्तुत गरेको नौ बुँदा र सत्ता साझेदार दलले संवैधानिक समितिमा प्रस्तुत गरेका नौ बुँदाका बीचबाट समाधान कसरी निकाल्ने भन्ने विषयमा छलफल भएको नेकपा मालेका महासचिव सिपी मैनालीले जानकारी दिए ।

छलफलमा सत्तारुढ दल एवम् साना दलका शीर्ष नेताले प्रधानमन्त्रीलाई संविधानसभाभित्रैबाट संविधानका विवादित विषयमा सहमति निकाली ८ माघमा नयाँ संविधान जारी गर्न सुझाव दिएको छलफलमा सहभागी नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

छलफलमा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, एमालेका वरिष्ठ नेता खनाल, उपाध्यक्ष वामदेव गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणा, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे, नेकपा मालेका सीपी मैनाली लगायतको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>