समाचारशनिबार, पौष २६, २०७१

संविधानसभा कुस्ती खेल्ने मैदान होइनः ओली

हिमालखबर

KP_Oliनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानसभा संविधान निर्माण गर्ने ठाउँ भएकाले धम्कीको भाषा प्रयोग नगर्न विपक्षी दलहरुसँग आग्रह गरेका छन् ।

२६ पुसमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले भने, ‘‘हो–हल्ला गर्ने, कुस्ती खेल्ने, सिट्ठी बजाउने काम खेल मैदानमा हुन्छ, त्यही जाने । संविधानसभामा त्यस्तो हुँदैन ।’

उनले कसैको होहल्लाले ८ माघमा संविधान बन्नबाट रोक्न नसक्ने बताए । “१०–२० जनाले हाेहल्ला गर्छ भने उनीहरुकाे मूखमा लड्डु हाल्दिएर, अर्काेतिर संविधान जारी गर्ने पर्ने हाे ?, “अाेलीले भने ।

उनले दरबन्दी अनुसार थप गरिएको मर्यादापालकको विषयलाई गोयबल्स शैली अपनाउनु नहुने बताए । ओलीले भने, ‘‘मर्यादापालक सभासदहरुको सुरक्षाका लागि हो, भीडन्तका लागि होइन ।’’

उनले संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको प्रतिवेदनमा सहमति नजुटेपनि २९ पुस दिउँसो ११ बजेबाट संविधानसभामा प्रकृया शुरु हुने बताए ।

देशको अहित हुनेगरी संघीयतामा सम्झौता गर्न नसकिने उनले बताए । ओलीले भने, ‘‘संघीयता भनेको आलु–प्याजको व्यापार जस्तो होइन, बेच्नेले ६० भन्ने किन्नेले ५० भनेर ५५ मा मिलाउने ।’’

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>