थप समाचारआइतबार, माघ १८, २०७१

पर्वत र म्याग्दीमा ट्रयाक्टर दुर्घटना, तीनको मृत्यु

हिमालखबर

पर्वतको शालिग्राम गाविस–९ बाट स्याङ्जाको पिँडीखोलातर्फ जाँदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । १७ माघ राति भएको दुर्घटनामा मृत्यु हुनेमा ट्रयाक्टरमा मजदुरी काम गर्ने मनहरि–९ मकवानपुरका किरण गोले र थाँक्रे–८ धादिङका पेले बाँस्कोटा रहेका छन् ।

कालीगण्डकी लोकमार्ग निर्माणका लागि बाटो खन्दै गरेको डोजरका लागि डिजेल बोकेर शालिग्रामबाट जाँदै गरेको लु २ च ९३७६ नम्बरसको ट्रयाक्टर पिँडीखोला–८ कोलाङ भन्ने ठाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा तीन जना गम्भीर घाइते भएको रहेको प्रहरी चौकी सेतीबेनीका प्रहरी सहायक निरीक्षक ईश्वर रोकाले जानकारी दिए । घाइते सहरीखेत–९ मकवानपुरका सन्तोष पर्जा, धादिङ थाक्रे गाविस–८ का भोटे पन्थे र थाँक्रे–९ का बुद्ध तामाङको पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।

यसैबीच, म्याग्दीको बेगखोलामा १७ माघ राति भएको ट्रयाक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । सदरमुकाम बेनीदेखि बेगखोलामा सामग्री ढुवानी गरी जाँदै गरेको ग १ त ३५१७ नम्बरको ट्रयाक्टर बेगखोला–६ औलमा दुर्घटना हुँदा नवलपरासी धोवाडी–१ का १८ वर्षीय चालक दिलबहादुर कानु मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका ट्रयाक्टरका मालिक खिमबहादुर फगामीको भने पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>