थप समाचारबुधबार, माघ २१, २०७१

बसको ठक्करबाट छात्रको मृत्यु, २८ घाइते

हिमालखबर

topgachhiपूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको तोपगाछी सडकखण्डमा बसको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

काँकरभिट्टाबाट यात्रु लिएर विराटनगरतर्फ जाँदै गरेको मे १ ख ९१६ नम्बरको यात्रुबाहक बसले साइकलमा चढी विद्यालय जाँदै गरेका शहीद धर्मभक्त उमावी तोपगाछी, कक्षा ८ का छात्र सेवन बानियाँलाई ठक्कर दिँदा बानियाँको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

बसको ठक्करबाट सेवनसँगै साइकलमा सवारी उनकी १५ वर्षीया दिदी सेलिनासमेत गम्भीर घाइते भएकी छन् ।

तीव्रगतिमा रहेको उक्त बसका चालकले विद्यालय छेउमा साइकल चढेका छात्रछात्राको हुल देखेर अत्तालिंदा नियन्त्रण गुमाई पल्टिएको प्रहरीले जनाएको छ ।
गोपाल गड्तौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>