समाचारआइतबार, कार्तिक १२, २०६९

संवैधानिक निकाय रित्तिन थालेपछि राष्ट्रपति चिन्तित्

हिमालखबर

शीतलनिवासमा १२ कार्तिक बिहान नेपाली काँग्रेसका सभापति सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष झलनाथ खनालसँगको छुट्टा छुट्टै भेटमा राष्ट्रपति  यादवले संवैधानिक निकायमा पदरिक्तता, बजेटको अन्योललगायत देशको हरेक क्षेत्रमा सङ्कट आउन लागेको परिस्थितिप्रति आफू चिन्तित भएको बताएका छन् ।

राष्ट्रिय सहमतिका लागि आफूले यसअघि पनि पटकपटक सामूहिक र व्यक्तिगतरुपमा आग्रह गरेको उनले स्मरण गराए ।

भेटपछि पत्रकारहरुसँग कुरा गर्दै काँग्रेसका सभापति कोइरालाले सहमति गर्ने भनेर नेताहरुबाट आश्वासन मात्रै आउने गरेको तर हालसम्म सहमति नभएकामा राष्ट्रपति चिन्तित रहेको बताए ।

कोइरालाले राष्ट्रपति समक्ष नेपाली  काँग्रेस संविधानसभाको पुनःस्थापनाको पक्षमा नरहेको र नयाँ निर्वाचनमा जानुपर्नेमा जोड दिएको बताए ।

यसैगरी, एमालेका अध्यक्ष खनालले सहमतिमा जानका लागि वर्तमान सरकार हट्नुपर्ने, राष्ट्रिय सहमतिका लागि एक वा दुई दलको गठबन्धन मात्रै प्रयुक्त नहुने धारणा राखेको बताए ।

उनले राष्ट्रिय सहमतिबाट बन्ने सरकारले नयाँ निर्वाचन गराउनुपर्ने पक्षमा एमाले रहेको जनाउँदै मुलुकको अग्रगतिका लागि पर्वहरु सकिएपछि आन्दोलन गर्ने चेतावनी पनि दिए ।

यसअघि ११ कार्तिक साँझ एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपतिसँग भेट गरी राष्ट्रिय सहमति कायम नहुँदासम्म अध्यादेशबाट बजेट ल्याउन नहुने आग्रह गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>