समाचारआइतबार, कार्तिक १२, २०६९

एनेकपा माओवादीमा जिम्मेवारी बाँडफाँड

हिमालखबर

दाहाल निवास, लाजिम्पाट

पुष्पकमल दाहाल निवास लाजिम्पाटमा १२ कार्तिकमा बसेको बैठकले अध्यक्ष दाहाललाई सामूहिक व्यवस्थापन तथा उत्पादनको जिम्मेवारी दिएको छ । त्यसैगरी  उपाध्यक्ष एवम् प्रधानमन्त्री  बाबुराम भट्टराईलाई विकास योजना र अर्थ विभागको जिम्मेवारी तोकिएको छ भने अर्का उपाध्यक्ष एवम् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले अनुशासन फाँटको जिम्मेवारी सम्हाल्ने छन् ।

बैठकले महाधिवेशन तयारी समितिको बैठक आगामी मङ्सिर ६ गते बोलाउने निर्णयसमेत गरेको छ ।

तयारी समितिको बैठक लगत्तै जिल्ला अधिवेशनको प्रक्रिया अगाडि बढाउने तथा पार्टीको महाधिवेशन तोकिएको समय आगामी माघ महिनामा सम्पन्न गर्ने अभियानमा एनेकपा माओवादी जुटेको छ । तयारी समितिको बैठकअघि नै दस्तावेजको तयारीलाई छिट्टै पूर्णता दिने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले राष्ट्रिय सहमति निर्माण गरेर अहिलेको राजनीतिक र संवैधानिक गतिरोध अन्त्य गरी निकास निकाल्न दलहरूबीचको वार्ता र छलफललाई गम्भीर महत्वका साथ तीव्रता प्रदान गर्ने निर्णय गरेको उपाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

वार्ता र छलफल अहिले निर्णायक टुङ्गोमा पुगिनसकेकाले दलहरूबीचको सहमतिका लागि छलफल र संवादलाई तीव्रता र निर्णायक तुल्याउने निर्णयसमेत बैठकले गरेको छ ।

एनेकपा माओवादीकै नेतृत्वमा नयाँ निर्वाचनका लागि अहिलेकै सरकारलाई राष्ट्रिय सहमतिको सरकारमा रूपान्तरण गर्दा न्यायोचित र उपयुक्त हुन्छ भन्ने आफ्नो दलको भनाइ रहेको बैठकपछि उपाध्यक्ष श्रेष्ठले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>