समाचारमंगलबार, कार्तिक १४, २०६९
‘सहमतीय सरकार गठनमा बाधक बन्दिन’
एमाले मुख्यालयमा प्रधानमन्त्री भट्टराईले भने, “दलहरुबीच सहमति भए त्यो कार्यान्वयन गर्न सरकार तत्पर छ ।” दलहरुले सहमतिबाटै निकास निकाल्नुपर्ने भन्दै प्रधानमन्त्रीले छिट्टै सहमति हुनेमा विश्वास व्यक्त गरे ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले दलहरुबीच दुई दिनपछि निर्णायक छलफल हुने बताए । दुई दिनपछि हुने छलफलबाट ठोस निष्कर्षमा पुग्ने उनले बताए ।
नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाले सहमतिका लागि सरकारले मार्ग प्रशस्त गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले अहिलेको संकटको निकास भनेको अर्को चुनाव मात्रै भएकोमा जोड दिए ।
