समाचारबिहीबार, कार्तिक १६, २०६९
कांग्रेसका पूर्वसभासद्हरू पार्टी निर्णयको विपक्षमा
संविधानसभा पुनःस्थापना पक्षधर सभासद्हरूले १६ कार्तिक जारी गरेको विज्ञप्तिमा छोटो समयका लागि संविधानसभा पुनःस्थापना गरेर संविधान जारी गर्नुपर्ने उल्लेख छ । कांग्रेस केन्द्रीय समितिले १५ कार्तिकमा राजनीतिक गतिरोध अन्त्यका लागि नयाँ निर्वाचनमा जानुपर्ने निर्णय गरेको थियो ।
केन्द्रीय सदस्य समेत रहेकी डिना उपाध्याय, कमला पन्त, अम्बिका बस्नेत, शोभाकर पराजुलीलगायतका पूर्वसभासद्हरू पार्टी निर्णय विपरीत पुनःस्थापनाको पक्षमा देखिएका हुन् ।
